Posts

वैशाख महिनाभित्र काठमाडौं उपत्यकाको सडकलाई व्यवस्थित बनाउँछु – भौतिक पूर्वाधार मन्त्री महासेठ

Image
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वैशाख महिनाभित्र काठमाडौं उपत्यकाको सडकलाई व्यवस्थित बनाउने घोषणा गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘समाजवादका लागि भौतिक पूर्वाधार’ विषयक विचार गोष्ठीमा बोल्दै सो कुराको घोषणा गरेका हुन्। कार्यक्रममा बोल्दै उनले भने, ‘निर्माण क्षेत्रमा देखिएको विकृति र विसंगतिलाई पनि वैशाख महिनाभित्रै समाप्त पार्ने लक्ष्य छ।’ मन्त्री महासेठले यात्रुको चाप रहेको काठमाडौंको मुख्य–मुख्य स्थानमा तत्काल सडकको उचित व्यवस्थापन गर्न निर्देशन दिइएको पनि स्मरण गराए। यसका साथै, सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सडक विस्तारको काम पुरा नभई बजेट निकासा नगर्न सरकारलाई सुझाव दिएका छन्। वरिष्ठ नेता नेपालले काम सम्पन्न भएपछि मात्रै एकमुष्ट बजेट निकासा भए सडक निर्माणको काम समयमै सम्पन्न हुने अवस्था आउने पनि स्पष्ट पारे। उनले समयमै गुणस्तरीय काम सम्पन्न हुने व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले ‘झोलामा सडक र पोल’ हालेर हिँडेका कारण काठमाडौं उपत्यकाको सडकको अवस्था दयनीय बन्न गएको पनि स्मरण ग...

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने धुर्मुसकाे घाेषणा

Image
हास्य कलाकार एवं सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घाेषणा गरेका छन्।  ४ वटा नमूना बस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको धुर्मुस सुन्तली फाउन्डेशनले फेसबुकमा स्टाटस लेख्दै रंगशाला निर्माण गर्ने जानकारी दिएको छ। फाउन्डेशनलाई ‘नमूना नेपाल’ निर्माणको समयमा नै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आवश्यकता भएको बताउँदै जनस्तरले बनाउन सुझाव दिएको थियो। हाल निर्माण गर्ने भनिएकाे रंगशालाका लागि फाउन्डेशनले सहयाेगकाे पनि अाह्वान गरेकाे छ। धुर्मुसले लेखेका छन्, ‘नेपालको क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ। यो अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो।’ उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्वभरीबाट खेलका पारखीहरू अनि खेलाडीहरू नेपाल भित्रिँदा देशलाई महत्वपूर्ण आर्थिक लाभ पनि हुन्छ।

रेल सपनाः नेपालमा भारतीय रेल गुड्ने पक्का

Image
काठमाडौं  -  नेपालमा चिनियाँ रेल ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा कार्यान्वयनमा कुनै गति नदेखिए पनि भारतीय रेल गुड्ने भने पक्का भएको छ । आजको  कारोबार को पहिलो पृष्ठमा यो समाचार छापिएको छ । काठमाडौंमा दुई वर्षभित्रै चिनियाँ रेल गुड्ने प्रधानमन्त्री ओलीको घोषणालाई विज्ञहरुले ‘हावादारी’को संज्ञा दिइरहेका बेला दक्षिणी छिमेकी भारतबाट नेपालसम्म रेल गुडाउने सपना सम्भव देखिएको हो ।  भारतले जयनगर-बर्दिबास, जोगबनी-विराटनगर, नैतनवा-भैरहवा, रुपेडिया-नेपालगन्ज र जलपाइगुरी-काकरभिट्टा मार्गमा रेल गुडाउने प्रक्रिया अघि बढाएको छ । यी पाँच मार्गमध्ये नेपाल सरकारले बर्दिबासमम्म आउने भारतीय रेललाई सर्लाहीको लालबन्दीसम्म ल्याउन तथा जोगवनी-विराटनगरमा ट्रयाक निर्माणको कामलाई तीब्रता दिइरहेको भारतीय रेल मन्त्रालयले जनाएको छ ।

ओली सरकारले गर्‍यो विदा कटौतीको गज्जब निर्णय

Image
१४ चैत, काठमाडौं । सरकारले २०७५ सालको सार्वजनिक विदा कटौती गरेको छ मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले विदा कटौतीको निर्णय गरेको हो । यो निर्णयसँगै २०७५ सालमा सरकारी कार्यालय २२ दिन बढी खुल्ने सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए । ‘सरकारले सम्बृद्धिको लक्ष्य लिएको छ र यसका लागि कार्यदिवस बढाउन जरुरी छ’ उनले भने । अब २०७५ सालमा सार्वजनिक विदा ८९ दिन हुनेछ । यसमा सबैका लागि ६७ दिन र कुनै खास धर्म र सम्प्रदायका लागि हुने विदा २२ दिनछ । २०७४ सालमा कुल १०४ सार्वजनिक विदा थियो । यो वर्ष पुरै विदा भएका १० वटालाई आंशिक बनाइएको छ भने १२ वटा विदा पूर्ण रुपमा कटौती भएको छ ।