अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने धुर्मुसकाे घाेषणा

हास्य कलाकार एवं सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घाेषणा गरेका छन्।  ४ वटा नमूना बस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको धुर्मुस सुन्तली फाउन्डेशनले फेसबुकमा स्टाटस लेख्दै रंगशाला निर्माण गर्ने जानकारी दिएको छ।
फाउन्डेशनलाई ‘नमूना नेपाल’ निर्माणको समयमा नै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आवश्यकता भएको बताउँदै जनस्तरले बनाउन सुझाव दिएको थियो। हाल निर्माण गर्ने भनिएकाे रंगशालाका लागि फाउन्डेशनले सहयाेगकाे पनि अाह्वान गरेकाे छ।
धुर्मुसले लेखेका छन्, ‘नेपालको क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ। यो अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो।’
उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्वभरीबाट खेलका पारखीहरू अनि खेलाडीहरू नेपाल भित्रिँदा देशलाई महत्वपूर्ण आर्थिक लाभ पनि हुन्छ।

Comments

Popular posts from this blog

ओली सरकारले गर्‍यो विदा कटौतीको गज्जब निर्णय

रेल सपनाः नेपालमा भारतीय रेल गुड्ने पक्का